काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज प्रकाशित गर्ने तयारी गरेको छ ।
बोर्ड स्रोतका अनुसार दिउँसो ४ बजेपछि नतिजा प्रकाशित गर्ने तयारी छ। पूरक परीक्षा गत असोज ७ र ८ गते भएको थियो ।