धनकुटा । धनकुटा नगरपालिका–६ फोक्लेन टापुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्।
दुर्घटनामा मोरङको बेलबारी नगरपालिका–८ का ४० वर्षीय हरि भट्टराई र ४२ वर्षीय तुलसी प्रसाद भट्टराई घाइते भएको प्रहरीले जनाएको छ।
धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्र १–०२–०४१ प ९४०९ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको को १ ख ७२४० नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिएको थियो।
घाइतेमध्ये हरिप्रसाद गम्भीर भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक तुलसी सामान्य घाइते भएका छन्। हरिप्रसादको जिल्ला अस्पताल धनकुटा उपचार हुन नसकेपछि थप उपचाका लागि धरानस्थित बीपी प्रतिष्ठान पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
मोटरसाइकललाई ठक्कर दिने बस र बसका चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको धनकुटा प्रहरीले जनाएको छ ।