कार्यक्रम उद्घाटनका क्रममा बेलुन पड्कियो, अर्थमन्त्री र मेयर सामान्य घाइते

न्युजलय ३ फाल्गुण २०८१, शनिवार ०२:०३ मा प्रकाशित

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को ‌उद्घाटन कार्यक्रममा बेलुन पड्किएर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् ।


स्विच थिचेर पानसमा बत्ति बाल्ने क्रममा ब्यानरमा बाँधेको बेलुन आगोमा परेपछि पड्किएको थियो । 


दुवैलाई सामान्य पोलेको थियो । उपचारका लागि दुवैलाई अस्पताल लगिएको छ ।