७०.१८ अंकले बढ्यो नेप्से

न्युजलय ३२ असार २०८१, मङ्गलबार ०९:५२ मा प्रकाशित

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसुचक ७०.१८ अंकले बढेको छ । 

कुल ३.१३ प्रतिशत विन्दुले बढेको नेप्से २३१०.५९ विन्दुमा सीमित भएको हो ।

कुल २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुल २३४ कम्पनीको मूल्य बढ्यो भने ८ वटा कम्पनीको मूल्य घट्यो ।