काठमाडौं । जेनजी आन्दोलनको अग्रभागमा रहेर प्रहरीसँग विवाद गरेका एकजना भाइरल युवा आमाको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल जिरेले ५५ वर्षीया राममाया आमा राममाया कँडेलको हत्या गरेका हुन् ।
यमबहादुरले आइतबार राति धारिलो हतियारबाट आमाको हत्या गरेको अनुसन्धानका क्रममा पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट हतियारसहित यमबहादुर कँडेललाई नियन्त्रणमा लिएको थियो । यमबहादुर भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका भिडिओहरूमा निकै भाइरल भएका थिए ।