सियरालियोन । सियरालियोनमा इन्धन बोकेको ट्याङकर विष्फोट हुँदा कम्तिमा एक सय जना मानिसको ज्यान गएको अनुमान गरिएको छ ।
स्थानीय मेयर र संचामाध्यमहरुले घटनाको पुष्टि गरेपनि तर मानवीय क्षति भएको यकिन संख्या भन्न नसकिने बताएका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरुमा जलेका व्यक्तिहरु सडकमा छटपट्याइ रहेका देखिएको छ । ट्याङबाट इन्धन चुहिएर विष्फोट भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।