नलकटुवा पेस्तोलसहित एक जना पक्राउ

न्युजलय २७ कार्तिक २०७८, शनिवार ०४:२३ मा प्रकाशित

वीरगञ्ज । गोली लोड रहेको एक थान नलकटुवा पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले नलकटुवा पेस्तोलसहित बाराको महागढीमाई नगरपालिका–५ बगडमपुर टोल बस्ने मनोज प्रसाद जयसवाललाई पक्राउ गरेको हो।

जिल्लाको बारागढी गाउँपालिका–३ खोपवा बजारमा झगडा भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बारागढीबाट गएको टोलीले नलकटुवा पेस्तोलसहित जयसवाललाई पक्राउ गरेको हो।

झगडा भइरहेको स्थानमा प्रहरी पुगेपछि झगडा गर्ने मानिसहरु तितरबितर भएका थिए। सोही ठाउँमा बसिरहेका जयसवाललाई शंका लागि चेकजाँच गर्दा उनले कम्मरको पेटीमा बाँधेर राखेको गोलीसहितको एक थान नलकटुवा पेस्तोल बरामद गरिएको बारा प्रहरीले जनाएको छ । 

उनीविरुद्ध हातहतियार तथा खरखजाना मुद्दामा अदालतबाट सात दिनको म्याद थप गराइ अनुसन्धान भइरहेको छ ।