काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४३३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ९१८ पीसीआर परीक्षणमा ४३३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिद्वारा गरिएको १ हजार ८१८ परीक्षणबाट ९० जनामा पोजिटिभ देखिएको छ ।
२४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १६ हजार ७३६ परीक्षणमा ५३३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १५ हजार ३७२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ४८४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९६ हजार ३०६ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४५४ पुगेको छ ।