काठमाडौ । व्यवशायी दुर्गा प्रसाईले पश्चिमाहरूले देश कब्जा गर्ने ठूलो खेल सुरू गरेको दाबी गरेका छन् । उनले देश जोगाउनको लागि एकजुट हुन र आफूलाई साथ दिन आह्वान गरेका छन् ।
प्रसाईले भिडियो सन्देशमार्फत् नेपालमा पश्चिमाहरूको प्रभाव देखिन थालेको र चुनावमार्फत् पश्चिमाहरुले देश कब्जा गर्न खोजेको बताएका छन् । उनले चाँडै नेपालमा पश्चिमी सेना आउन लागेको बताए ।
उनले नेपाली भुमी प्रयोग गरेर चीन र भारतलाईसमेत प्रभावित पार्ने र देशलाई युक्रेन बनाउने षड्यन्त्र भएको बताए । उनले ३० वर्षदेखि यहाँका युवाहरुलाई नयाँ शिक्षामार्फत् विदेशी ल्याउने काम भएको बताउँदै हिन्दु अधिराज्यको लागि एकजुट हुन पनि आग्रह गरे ।
उनले आन्दोलनको क्रममा घाइते भएका १५० जनालाई आफ्नो हस्पिटल बीएनसीमा निःशुल्क उपचार गरेर घर पठाउएको र अहिले पनि आईसीयूमा १५ जनालाई बिना पैसा उपचार गरिरहेको पनि सुनाए ।
उनले सन्देशमार्फत सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, व्यक्ति, व्यापारीका घर, भाटभटेनीमा आगजनी र लुटपाट जसले गराएको त्यसले जिम्मा लिनुपर्ने बताएका छन् ।
आन्दोलनमा आउन खोज्दा बालेनले नआउनू भनेकाले आफू र आफ्ना कार्यकर्ता नगएको उनको जिकिर गर्दै भने, यो कार्यक्रमको जिम्मा जसले गराएको हो, त्यसले लिनुपर्छ ।’