नेप्से ५.३१ अंकको गिरावट

न्युजलय २१ माघ २०८०, आइतबार ०९:३५ मा प्रकाशित

काठमाडौं । आइतबार(आज) नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेप्से ५.३१ अंकले घटेर २०६१.७० विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स ०.१६ प्रतिशतले घट्यो। 

यसदिन ३०७ कम्पनीको ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर ३ अर्ब २१ करोड ६७ लाख २७ लाख २२१ रुपैयाँमा खरिदबिक्री भए। सामान्य अंकले ओरालो लागेको बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

यसदिन १०४ कम्पनीको मूल्य बढ्दा १३२ वटाको घट्यो भने ११ को मूल्य स्थिर रह्यो।