५३ किलो गाँजासहित उदयपुरमा एक जना पक्राउ

न्युजलय ८ कार्तिक २०७८, सोमबार ०१:३२ मा प्रकाशित

उदयपुर । ५३ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

कटारी नगरपालिका–६ स्थित भोर्ले जंगलबाट सोमबार(आज) बिहान कटारी –९ का २० वर्षीय प्रेम परियारलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। 

आज बिहान कटारीबाट खटिएको प्रहरी टोलीले उनलाई जंगलमा बोरामा गाँजा बोकी हिँडिरहेको अवस्थामा फेला परेको थियो। पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।