बढ्यो सुनचाँदीको मूल्य

न्युजलय १० फाल्गुण २०७८, मङ्गलबार ०१:४७ मा प्रकाशित

काठमाडौँ । सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले सुन महँगिएको हो । मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार र तेजाबी सुनको मूल्य ९६ हजा ५ सय रुपैयाँ कायम भएको छ ।

 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपालमा पनि असर परेको महासंघले जनाएको छ । महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यका अनुसार रसिया र युक्रेनको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेको छ, जसले गर्दा मूल्य बढेको हो । फागुन ४ गते सुनको मूल्य प्रतितोला ९५ हजार १ सय रुपैयाँ थियो ।

 

चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला १३१५ रुपैयाँ कायम भएको छ । यसअघि सोमबार १३०० रुपैयाँ थियो ।