नेप्से ५७.५५ अंकले बढ्यो

न्युजलय १२ माघ २०८२, आइतबार ०९:०० मा प्रकाशित

काठमाडौँ । आज नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । आइतबारको कारोबार बन्द हुँदा नेप्से परिसूचक ५७.५५ अंकले बढेर २७७२.१७ विन्दुमा पुगेको हो । यो अघिल्लो कारोबार भन्दा २।१२ प्रतिशतले धेरै हो । 

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २४० कम्पनीको सेयर मूल्य बढेको छ भने १९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।  

आज सेयर बजारमा करिब १४ अर्बको कारोबार भएको छ । आज सेयर बजारमा ३३१ कम्पनीका ३ करोड ९ लाख १५ हजार १८३ कित्ता सेयर १ लाख ३३ हजार ५२९ पटक खरिद बिक्री हुँदा १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार ६४५ रुपैयाँको कारोबार भएको छ ।