इटहरी । सीमा आभासको उपन्यास महायुगमाथि इटहरीमा विमर्श कार्यक्रम आयोजना गरिएको छ ।
सञ्चारिका समूह सुनसरीद्धारा आयोजित कार्यक्रममा मनु मञ्जिल, टीका आत्रेय र डा. अस्मिता विष्टले पुस्तकमाथि धारणा राखे ।
कार्यक्रममा आख्यानकार आभाससँग नाट्यकर्मी प्रज्वल पराजुलीले बहस गरे । यसैगरी सहभागीहरूबाट पनि प्रश्नहरू लिइएको थियो भने आभासले जिज्ञासाको सम्बोधन गरिन् ।
सञ्चारिका समूह सुनसरीकी अध्यक्ष रञ्जना पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव सविता पोखरेलले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।