मेनुका पौडेल इन्डियन आइडलको उत्कृष्ट १० मा प्रवेश

न्युजलय ८ माघ २०८०, सोमबार ०९:४५ मा प्रकाशित

काठमाडौं । नेपाली गायिका मेनुका पौडेल इन्डियन आइडल सिजन १४ को उत्कृष्ट १० मा प्रवेश गरेकी छन् । 

आइतबार राती प्रशारण भएको एपिसोडबाट उनी उत्कृष्ट १० मा प्रवेश गरेकी हुन् । मेनुकाको आइतवारको प्रस्तुतिलाई पनि​ निर्णायकहरूले खुलेर प्रशंसा गरेका थिए । 

आफ्नो गायिकीले भारतमा समेत प्रशंसा पाइरहेकी मेनुकाले बलिउड चलचित्र ‘सलार’मा गीत गाइसकेकी छन् ।