झापाबाट ब्राउन सुगरसहित एक जना पक्राउ

न्युजलय २८ असोज २०७८, बिहिबार ०७:१८ मा प्रकाशित


काठमाडौँ । झापाबाट ब्राउन सुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 

भद्रपुर नगरपालिका–८ स्थित सडकबाट करिब ९ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित  बिर्तामोड नगरपालिका–८ का ३१ वर्षीय नबिन खानलाई प्रहरीले पक्राउ गरेको हो । 

भद्ररपुरबाट बिर्तामोडतर्फ जाँदै गरेको बसलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।