काठमाडौं विश्वकै चौथो प्रदूषित सहर

न्युजलय ५ फाल्गुण २०८१, सोमबार ११:३८ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । 

विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बिहान ७ बजेसम्म काठमाडौँको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ ।

जसअनुसार काठमाडौँ विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । भारतको दिल्ली प्रदूषित सहरको शीर्ष स्थानमा छ ।