बुद्ध एयरले गर्‍यो आजका सबै उडान रद्द

न्युजलय १८ असोज २०८२, शनिवार ०३:४० मा प्रकाशित

काठमाडौं । मौसममा आएको प्रतिकूल अवस्थाका कारण बुद्ध एयरले आजका सबै उडान रद्द गरेको छ ।

बुद्ध एयरले एक सूचना जारी गर्दै आजका सबै उडान बन्द गरेको जानकारी गराएको हो ।

उडान रिसेड्युल तथा रिफण्डका लागि आ–आफ्ना ट्राभल एजेन्सी, पोर्टल वा हाम्रो कल सेण्टरमा सम्पर्क गर्न पनि बुद्ध एयरले अनुरोध गरेको छ ।