चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

न्युजलय १० साउन २०७९, मङ्गलबार ०२:२४ मा प्रकाशित

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डमा रिक्त रहेको अध्यक्ष पदका लागि अभिनेता भुवन केसीलाई चयन गरेको छ ।


आज बसेको मन्त्रीपरिषदको बैठकले अभिनेता केसीलाई आउँदो दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको पदलाई पुर्णता दिइएको हो ।

 

यसको घोषणा भने भोलि गर्ने तयारी रहेको छ । भुवनसँगै बोर्ड अध्यक्ष बन्ने दौडमा सम्झना उप्रेती रौनियार, नरेश पौडेल रहेका थिए ।