नेप्सेमा हरियाली

न्युजलय १८ बैशाख २०८१, मङ्गलबार ०९:१५ मा प्रकाशित

काठमाडौं । मंगलबार(आज) नेप्सेमा हरियाली छाएको छ । आज नेप्से परिसूचक २५ दशमलव ९३ अंकले बढेर २००६ दशमलव २८ को विन्दुमा उक्लिएको छ ।

आज ३२० कम्पनीका ७५ हजार २ सय ७१ पटकको कारोबारमा १ करोड १८ लाख ३८ हजार १ सय ५० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ४ अर्ब ८० करोड ४४ हजार ६ सय १ रुपैयाँ रहेको छ ।

त्यस्तै, मंगलबार क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ५८ अंकले बढेर ३५७ दशमलव ५४ को विन्दुमा पुगेको छ ।