काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार(आज) ३६.८६ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार नेप्से १.८९ अंकले बढेको हो ।
योसँगै समग्र नेप्से परिसूचक १ हजार ९ सय ८५।४४ अंकमा उक्लेको हो । मंगलबार सुरुदेखि नै बजारले सुधारको बाटो समातेको थियो । कारोबार अवधिमा सामान्य उतारचढाव भएपनि नेप्से करिब ३७ अंकले बढेको छ ।
नेप्से बढेसँगै उक्त दिन ४ अर्ब ३० करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आएकामध्ये २ सय १४ कम्पनीको सेयर मूल्य बढ्यो, २४ वटाको घट्यो र ४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।