काठमाडौँ । आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।
नेपाल आयल निगमले बिहीबार बिहानदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँका दरले मूल्य घटाएको हो ।
एलपि ग्यासको मूल्य पनि घटेको छ । आजदेखि एलपि ग्यास प्रतिसिलिण्डर १५ रुपैयाँले घटेको भए पनि खुद्रा ब्रिकी मूल्य भने यथावत राखिएको छ। त्यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ मूल्य घटाइएको छ ।