काठमाडौं । बजेट निर्माणमा चलखेल र अनधिकृत व्यक्तिको प्रवेशबारे छानविन गर्न सिसिटिभी फुटेज हेर्न थालिएको छ । संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेजको अध्ययन सुरु गरेको हो ।
मन्त्रालयको मूल गेटदेखिका सीसीटीभीका गतिविधिहरुमा विशेष जोड दिएर अध्ययन गरिरहेको छ । समितिले राजश्व विभाग र भन्सार विभागसँग पनि छलफल थालेको छ ।