एजेन्सी । रोनाल्डोको गोलमा म्यानचेस्टर युनाइटेडले अटलान्टाविरुद्ध ओल्ड ट्राफोडमा उत्कृष्ट पुनरागमन गरेको छ । खेल सकिन ९ मिनेटअघि हेडरमार्फत क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि युनाइटेडले खेलमा २ गोलले पछि परेको स्थिति उल्टाउँदै ३–२ को जीत हासिल गरेको हो ।
मारियो पासालिक र मेरिह डेमिरालले गोल गरेपछि युनाइटेड पहिलो हाफमा २–० गोलले पछि परेको थियो ।
खेलको ५३ औँ मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा मार्कस रासफोर्डले युनाइटेडका लागि पहिलो गोल फर्काए । ७५ औँ मिनेटमा कप्तान ह्यारी मग्वायरले बराबरी गोल गोल । त्यसपछि खेलको ८१ औँ मिनेटमा लुक शको पासमा हेडमार्फत गोल गर्दै रोनाल्डोले पुनरागमन पुरा गरे । प्रतियोगितामा उनको यो १३७ औँ गोल थियो ।
जीतसँगै युनाइटेड ६ अंक सहित समूह एफको शीर्ष स्थानमा उक्लिएको छ ।