२०७८ साल मङ्सिर १३ गते सोमबार

फिल्म ‘ओभर डोज’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

न्युजलय २७ कार्तिक २०७८, शनिवार ०३:२६ मा प्रकाशित

काठमाडौं । फिल्म ‘ओभर डोज’को ट्रेलर सार्वजनिक भएको छ । 

आगामि १७ मंसिरमा सार्वजनिक प्रदर्शनमा आउँने फिल्मको ट्रेलरमा प्रेम, रोमान्स र एक्सन समेटिएको छ । अमेरिकामै सम्पुर्ण छायांकन भएको फिल्मको ट्रेलर हलिउड शैलीमा निर्माण भएको छ ।

दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्ट प्रा.लिको संयुक्त ब्यानरमा बनेको हो । फिल्मका निर्देशक सुमन पौडेल हुन् ।

प्रनिश राज पन्त, सबिन जंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नर लगायत कलाकारको मुख्य भुमिका रहेको फिल्म जीवन कुमार केसीले निर्माण गरेका हुन् ।