मानव तस्करी आरोपित कोशीका पूर्व मन्त्री अधिकारीविरूद्ध मुद्दा नचल्ने

न्युजलय ११ मङ्सिर २०८१, मङ्गलबार ११:५४ मा प्रकाशित

इटहरी । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री एवं नेकपा (एमाले) का सांसद लीलाबल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने निर्णय गरेको छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले पक्राउ परेका अधिकारीलाई मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै नचल्ने निर्णय गरेको हो ।

अधिकारीको संलग्नता पुष्टि नभएपछि उनीबाहेकका ११ जनाविरुद्ध मुद्दा दायर भएको छ। जिल्ला अदालत काठमाडौँमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अधिकारीको संलग्नता पुष्टि नभएको भन्दै ११ जनालाई विपक्षी बनाएर मुद्दा दायर गरेको हो।

यो अवधिमा अधिकारी १६ दिनसम्म प्रहरी हिरासतमा बसेका छन् । अब प्रहरीले उनलाई रिहाइ गर्नेछ।