प्रदेश १ मा बन्ने अरुण ४ आयोजना प्राधिकरणले पाउने

न्युजलय ६ कार्तिक २०७८, शनिवार ०२:५५ मा प्रकाशित

काठमाडौं । अरुण ४ जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणले पाउने भएको छ । 

माथिल्लो अरुणको निर्माणको तयारीमा जुटेको प्राधिकरणलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अरुण ४ पनि प्राधिकरणमार्फत निर्माण गर्न प्रस्ताव गरेको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अरुण ४ पनि प्राधिकरणले पाउन लागेको पुष्टि गर्दै माथिल्लो अरुण र अरुण ४ गरी करीब १५ सय मेगावाटको परियोजना एउटै नदीमा प्राधिकरण आफैंले एक साथ अघि बढाउन सक्ने बताए । 

प्रदेश–१ को संखुवासभाको भोटखोला र मकालु गाउँपालिका भएर बग्ने अरुण नदीको पानी प्रयोग गरेर अरुण ४ आयोजना बनाउन प्रस्ताव गरिएको छ । यो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन भइसकेको छ