इटहरी । तेह्रथुमको फेदाप गाउँपालिका २ भित्री सडक खण्डमा मंगलबार बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मंगलबार बिहानको राती साँढे १ बजेको समयमा औसीडाँडा देखी सदरमुकाम म्याङ्लुङ तर्फ आउँदै गरेको बागमती प्रदेश ०१ ००६ ख २७७० नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना हुँदा ट्रक चालक काभ्रेपलान्चोकका २७ वर्षीय रोहित अधिकारीको मृत्यु भएको हो ।
यस्तै, दुर्घटनामा परी सह चालक २४ वर्षीय सुदिप राई घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारको लागी जिल्ला अस्पताल म्याङ्लुङ ल्याइएकोमा उपचारको क्रममा चालक अधिकारीको मृत्यु भएको तथा सह चालकको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।