सेयर बजारमा हरियाली

न्युजलय २५ जेठ २०७९, बुधबार ०९:३६ मा प्रकाशित

काठमाडौं । बुधबार (आज) सेयर बजारमा हरियाली छाएको छ। 

दुई दिन लगातार ओरालो लागेको सेयर बजार आज  आएर दोहोरो अंकले उकालो लागेको हो। आज नेप्से ६०.२२ अंकले बढेर २०८०.४४ विन्दुमा अडिएको छ।

यसदिन २३१ कम्पनीको ५० लाख ५ हजार ८१४ कित्ता सेयर १ अर्ब ६४ करोड ३५ लाख ६ हजार ६०८ रुपैयाँमा कारोबार भएको हो। आज ३० हजार ६८४ पटक सेयर कारोबार भयो।

यसअघि मंगलबार नेप्से परिसूचक ४५.५९ अंकले घटेर २०२०.२३ विन्दुमा अडिएको थियो। सो दिन २३४ कम्पनीको ३८ लाख  ८७ हजार ७४८ कित्ता सेयर १ अर्ब ३१ करोड २८ लाख ६ हजार ५६३ रुपैयाँमा कारोबार भएको थियो।