हुम्लामा हिमपात, तामक्रम माइनस १४ डिग्रीमा झर्‍यो

न्युजलय ८ फाल्गुण २०८०, मङ्गलबार ०८:४४ मा प्रकाशित

सिमकोट । सोमबार रातिबाट हिमपात सुरु भएपछि माथिल्लो हुम्लामा तापक्रम माइनस १४ डिग्री सेल्सियलमा झरेको छ। तापक्रम माइनसमा झरेपछि चिसो बढेको छ।

हिमपात भएपछि सिमकोट बजारमा मानिसको चहलपहल कम भएको छ। यस्तै, नाम्खा गाउँपालिकाको लिमी र हिल्सामा हिमपातका कारण चिसो अत्यधिक बढेको छ।

चिसोका कारण सरकारी कार्यालय पनि सुनसान बनेका छन्।