२०७८ साल माघ ६ गते बिहिबार

सङ्खुवासभामा करेन्ट लागेर एक प्राविधिकको मृत्यु

न्युजलय ३० पुस २०७८, शुक्रबार १२:१८ मा प्रकाशित

सङ्खुवासभा । सङ्खुवासभामा करेन्ट लागेर एक जना प्राविधिककोे मृत्यु भएको छ । 

मृत्यु हुनेमा २८ वर्षीय अनिलकुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

सभापोखरी गाउँपालिका–३ मा बनिरहेको स्वास्थ्य चौकी भवनको नजिकै रहेको ११ केभीको ट्रान्समिसन लाइन छुँदा उनलाई करेन्ट लागेको थियो । 

करेन्ट लागेका ठाकुरलाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याउने क्रममा बाटोमा नै ज्यान गएको प्रहरीको भनाइ छ ।