काठमाडौँ । लियोनल मेसीले बोलिभियाविरुद्धको खेलमा ह्याट्रीक गरेका छन् । उक्त खेलमा अर्जेन्टिनाले बोलिभियालाई ६–० ले पराजित गरेको छ । मेसीले १९ औं मिनेटमा पहिलो, ८४ तथा ८६ औं मिनेटमा थप दुई गोल गरेर आफ्नो ह्याट्रिक पूरा गरेका थिए । यसबीच लउतारो मार्टिनेजले ४३, जुलियन अल्भारेजले पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेट तथा थिएगो अल्माडाले ८९ औं मिनेटमा गोल गरे ।
यो जितपछि अर्जेन्टिनाको १० खेलबाट २२ अंक पाएको छ र लिग तालिकाको शीर्षमा छ । कुल १० टिम सम्मिलित विश्वकप छनोटमा अर्जेन्टिनाले लगातार उत्कृष्ट प्रदर्शन गरिरहको छ । अर्जेन्टिना पछाडि कोलम्बियाको १९ र उरुग्वेको १६ अंक छ ।
यसअघिका खेलमा कोलम्बियाले चिलीलाई ४–० र पाराग्वेले भेनुजुएलालाई २–१ ले हराएको थियो । यस्तै उरुग्वे र इक्वेडरले गोलरहित बराबरी खेलेका थिए ।