काठमाडौँ । बुधबार(आज) सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज प्रतितोला ६०० रुपैयाँले बढेर ९२ हजार ८०० रुपैयाँ कायम भएको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य पनि बुधबार तोलामा १० रुपैयाँले बढेर एक हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ ।