डा. गोविन्द केसी फेरि अनसन बस्ने

न्युजलय १५ भदौ २०८२, आइतबार ०२:१० मा प्रकाशित

कैलाली । प्रा.डा.गोविन्द केसीले फेरि अनसन सुरु गरेका छन्। आइतबारदेखि कैलालीमा बसेर उनले तीन दिने सत्याग्रह प्रारम्भ गरेको घोषणा गरेका हुन्।

डा. केसीले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री केपी ओलीको प्रत्यक्ष हस्तक्षेपका कारण चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजको सिट बढाउने गैरजिम्मेवार निर्णय गरेको आरोप लगाइएको छ। उनले यो कदम चिकित्सा शिक्षा ऐनको मर्मविपरीत भएको भन्दै आलोचना गरेका छन्।

डा. केसीले इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल तत्काल खोल्नुपर्ने, कैलालीको गेटामा शैक्षिक कार्यक्रम र अस्पताल सेवा संचालन गर्नुपर्ने र अघिल्ला सम्झौता कार्यान्वयन गर्नुपर्ने माग राखेका छन्।