स्पेनिस ला लिगा : रियल मड्रिडले एथ्लेटिको क्लबलाई हरायो

न्युजलय १६ मङ्सिर २०७८, बिहिबार १२:५१ मा प्रकाशित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले एथ्लेटिको क्लबलाई हराएको छ ।


आज बिहान भएको खेलमा रियलले एथ्लेटिकोलाई १–० ले हराएको हो । रियलका करिम बेन्जिमाले खेलको ४० औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।


रियल मड्रिड १५ खेलमा ३६ अङ्कसहित शीर्ष स्थानमा छ । एथ्लेटिको क्लब भने १५ खेलमा २० अङ्कसहित आठौँ स्थानमा यथावत छ ।