काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५ दशमलव ७९ अङ्कले बढेको छ। आजको कारोबारमा परिसूचक शून्य दशमलव ७३ प्रतिशतले बढेर दुई हजार एक सय ५२ दशमलव १४ अङ्कमा पुगेको नेप्सेले जनाएको छ।
विभिन्न तीन सय १६ कम्पनीका ११ लाख ६६ हजार एक हजार दुई सय आठ कित्ता शेयर रु पाँच अर्ब ५३ करोड ५९ लाख ५८ हजार आठ सय ८५ मा कारोबार भएको छ।
आजको कारोबारमा गणपति लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।