मुम्बई । न्युजिल्यान्डका एजाज पटेलले टेस्ट क्रिकेटमा सबै १० विकेट लिने कीर्तिमान बनाएका छन् । मुम्बइमा जन्मिएका उनले दुर्लभ कीर्तिमान बनाएका हुन् ।
एक इनिङ्सको सबै १० विकेट लिने उनी विश्वकै तेस्रो बलर बनेका छन् । बायाँ हाते स्पिनर पटेलले पहिलो दिन शुक्रबार ४ विकेट लिएका थिए । बाँकी ६ विकेट दोस्रो दिन लिएका हुन् । त्यसका लागि उनले ४७।५ ओभरमा १२ मेडन राख्दै १ सय १९ रन खर्चेका थिए ।
इंग्ल्यान्डका अफ स्पिनर जिम लेकर विश्व क्रिकेटमा १० विकेट लिने पहिलो खेलाडी हुन् । भारतीय स्पिनर बादशाह अनिल कुम्बले टेस्टको एकै इनिङ्समा १० विकेट लिने दोस्रो खेलाडी हुन् ।