सुनको मूल्य घट्यो

न्युजलय ३३ असार २०८३, शुक्रबार ११:२६ मा प्रकाशित

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला तीन हजार एक सय रुपैयाँले घटेको छ ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८५ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज तीन हजार एक सय रुपैयाँले घटेर दुई लाख ८२ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १२५ रुपैयाँले घटेर प्रतितोला ४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।