ट्रकको ठक्करबाटसुन्दरहरैँचाका स्कुटर चालकको मृत्यु

न्युजलय १४ कार्तिक २०७८, आइतबार १०:४२ मा प्रकाशित

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–४ दुलारीमा लरीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । 

को ३६ प २१७२ नम्बरको स्कुटरमा सवार स्थानीय ४५ वर्षीय श्याम लिंखाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका लिंखाको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार साँझ मृत्यु भएको जनाइएको छ ।

शनिबार साँझ भारतीय नम्बरको लरीले स्कुटरलाई ठक्कर दिएको थियो ।