गीत ‘हजुर मुसुक्कै’ मा राजेश हमाल र निरुताको अभिनय(भिडियोसहित)

न्युजलय ४ फाल्गुण २०७८, बुधबार ०८:३८ मा प्रकाशित

काठमाडौं । अभिनेता राजेश हमाल र अभिनेत्री निरुता सिंहको अभिनय रहेको गीत ‘हजुर मुसुक्कै’ सार्वजनिक भएको छ । 

गीतमा गायक कृष्ण विक र गायिका रचना रिमालको स्वर छ । गीतमा सुरेश अधिकारीको शब्द र संगीत छ ।

सार्वजनिक गीतको भिडियोमा राजेश र निरुताको साथमा प्रिन्स विश्वकर्मा, प्रियना आचार्य, सुरवीर पण्डितलगायतको अभिनय छ । भिडियोमा बाल कलाकारका रुपमा श्रीराज विक्रम पाण्डे र श्रेया सापकोटाले अभिनय गरेका छन् ।

जीबी अग्रीको कथा र निर्देशन रहेको भिडियोमा सञ्जय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, दीर्घ खड्काको सम्पादन छ ।