काठमाडौं । हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण भएको छ । गजुरेलले आफुलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
उनले कोरोनाको तेश्रो भेरियन्ट ओमिक्रोनबाट होम आइसोलेसनमा बसेका र आइसीयुमा पुगेका सबैको स्वास्थ्य लाभको कामना गरेका छन् ।
गजुरेललाई यसअघि पनि कोरोना संक्रमण भएको थियो । उनी केही समय अस्पताल बसेर डिस्चार्ज भएका थिए ।