काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.४९ अकंले घटेर २६८८.३१ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३०५ कम्पनीको १ करोड ५८ लाख ५१ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको छ ।
यस दिन बजारमा गिरावट आउँदा १० उपसूचक राताम्मै भएको छ । उक्त दिन सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रो लाइफको सेयरमा सकरात्मक सर्किट लाएको छ ।