काठमाडौँ । मंगलबार(आज) सेयर बजार परिसूचकमा सामान्य सुधार छ । कारोबार रकम पनि बढेको छ । आज ६.२२ अंकले बढ्दा बजार परिसूचक नेप्से २०८५।३० को विन्दुमा रह्यो ।
८३ लाख ५ हजार ७८६ कित्ता सेयर ४ अर्ब ८ करोड ४७ लाख रुपैयाँमा किनबेच भएको छ । १२५ कम्पनीको सेयरमूल्य बढेको छ भने ११४ कम्पनीको घटेको छ । ८ कम्पनीको सेयरमूल्यमा कुनै परिवर्तन छैन ।