काठमाडौँ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न विद्यार्थी संगठनहरुले माग गरेका छन्।
नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), एकीकृत समाजवादी निकट अनेरास्ववियु, जसपा निकट समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय जनमोर्चा निकट अखिल छैँटौँ, विप्लवनिकट अखिल क्रान्तिकारी र क्रान्तिकारी मओवादी निकट अखिल क्रान्तिकारीले पेट्रनेलियम पदार्थमा गरिएको मूल्य वृद्धि नरोकिएमा आन्दोलन गर्ने चेतावनी दिएका छन्।
पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिका कारण नेपाली जनताको जनजीवन प्रभावित भएको उनीहरुको भनाइ छ।
उनीहरुले आयल निगममा हुने भ्रष्टाचार, अनियमितता, बेथिति लगायतका समस्या समाधान गर्दै जनतालाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउनुको साटो अन्तर्राष्ट्रिय बजारको मूल्यका आधारमा गराइएको मूल्य प्रति आपति जनाएका छन्।