काठमाडौँ । बुधबार सुनचाँदीको भाउमा वृद्धि भएको छ।
मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा चार हजार दुई सय रुपैयाँ बढेको हो।
मूल्य बढेसँगै बुधबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८८ हजार कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ।
यता, मंगलबार प्रतितोला चार हजार तीन सय ८० रुपैयाँ रहेको चाँदीको भाउ बुधबार बढेर चार हजार चार सय ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।