५० लाख बढिले खोले डिम्याट खाता

न्युजलय १६ फाल्गुण २०७८, सोमबार ०२:११ मा प्रकाशित

काठमाडौं । डिम्याट खाता खोल्नेको संख्या ५० लाख नाघेको छ । 


सिडिएससीका अनुसार आजसम्ममा ५० लाख ७ हजार २४२ जनाले डिम्याट खाता खोलेका छन् । केहि वर्षदेखि लगानीकर्ताको आकर्षण आइपिओमा देखिएको छ । 


प्राथमिक बजारमा १०० रुपैयाँमा खरिद गरेको शेयर दोस्रो बजारमा बिक्री गरेर सयौ गुणासम्मको लाभ पाइने भएपछि उनिहरु आकर्षित भएका हुन् ।