नेप्से १७.३० अंकले घट्यो

न्युजलय १८ चैत २०८०, आइतबार १०:०२ मा प्रकाशित

काठमाडौं । आइतबार(आज) सेयर बजारको परिसूचक नेप्से २०१८ अंकमा झरेको छ । 

अघिल्लो कारोबार दिनको तुलनामा नेप्से १७.३० अंक घटेको हो । कुल ३ अर्ब २० करोड रुपैयाँको कारोबार भयो । ६३ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने १० को स्थिर रह्यो ।

उत्पादन समूह सबैभन्दा धेरै ३.६५ प्रतिशत घट्यो । सर्वोत्तम सिमेन्ट कम्पनीको मूल्य १० प्रतिशत तथा बोटलर्स नेपाल बालाजुको ७.६ प्रतिशत घटेपछि यो समूह सबैभन्दा धेरै प्रभावित भएको हो ।