काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ।
आज सुनको मूल्य तोलामा एक हजार सात सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा तीन लाख एक हजार आठ सय रुपैयाँमा किनबेच भइरहेको छ।
बुधबार चाँदीको मूल्य पनि तोलामा ८५ रुपैयाँ बढेको छ। मंगलबार प्रतितोला चार हजार ६०० रुपैयाँमा किनबेच भएको चाँदी आज चार हजार ६८५ रुपैयाँ कायम भएको छ।