एजेन्सी । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा आगलागी भएको छ ।
महाकुम्भमा टेन्टहरु भएको एउटा क्षेत्रमा आगलागी भएको हो । आगलागीलाई सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिइएको जनाइएको छ ।
प्रयागराजमा गंगा र जमुना नदीको संगमस्थलमा यस पटक महाकुम्भ लागेको छ । महाकुम्भमा ४० लाख बढी मानिसले भ्रमण गर्ने अनुमान गरिएको छ । यो संसारको सबैभन्दा ठूलो धार्मिक भेला हो ।