दोलखा काँग्रेसका जिल्ला सभापति जुवाखालबाट पक्राउ

न्युजलय १९ कार्तिक २०७८, शुक्रबार ०७:३९ मा प्रकाशित

काठमाडौं । दोलखा काँग्रेस सभापति बर्मा लामा जुवाखालबाट पक्राउ परेका छन् ।

सभापति लामासहित १८ जनालाई बिहीबार राति जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । उनीहरुबाट ६ लाख रुपैयाँ पनि बरामत गरिएको प्रहरीले जनाएको छ ।

जुवा खेलाउने सागर लामा भने फरार छन् । उनले आफ्नो फ्ल्याटमा जुवा खेलाउने गरेको प्रहरीको भनाइ छ ।